मोरङमा हात्तीको आक्रमणबाट ७३ वर्षीय वृद्धको मृत्यु

भक्तपुर न्यूज

२० मंसिर २०७९ ११:४७

मोरङमा हात्तीको आक्रमणबाट ७३ वर्षीय वृद्धको मृत्यु

विराटनगर । हात्तीको आक्रमणबाट मंगलबार मोरङको सुन्दर हरैचामा एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैचा-१० का ७३ वर्षीय अजय बास्तोलाको मृत्यु भएको हो ।

स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न अजय र उनकी पत्नी जानुका गएको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा जानुका भागेर बाँच्न सफल भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार अजयलाई हात्तीले जंगलमै मारेको अवस्थामा फेला परेको हो ।

प्रकाशित मितिः २०७९ मंसिर २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय