उषा राईको हत्यामा संलग्न चार जना अभियुक्त पक्राउ

भक्तपुर न्यूज

२० मंसिर २०७९ १०:०२

उषा राईको हत्यामा संलग्न चार जना अभियुक्त पक्राउ

धरान ।  धरान उपमहानगरपालिका–१३ की ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना अभियुक्त पक्राउ परेका छन्। पक्राउ परेका अभियुक्तलाई इलाका प्रहरी कार्यालय धरानले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

उषाको हत्यामा संलग्न मुख्य अभियुक्त धरान-१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान-१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताएका छन्।

पक्राउ परेका चारै जनालाई पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको छ। मुख्य अभियुक्त उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गरी गंभिर घाइते बनाएका थिए।

घाइते उषाको उपचारका क्रममा मंसिर १३ गते उपचारका क्रममा मृत्यु भएको थियो। उषाको हत्या पश्चात महिलाहरूले अभियुक्तलाई तत्काल पक्राउ गर्न दावाव दिएका थिए। उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राई लगायतका नाममा किटानी जाहेरी दिएको छ।

तर, अन्य अभियुक्तहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। डीएसपी श्रेष्ठले अन्य अभियुक्तहरूको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएका छन्।उनले उषालाई कुटपिट भएको भिडियो क्लिप फेला परेकाले हत्यामा संलग्न सबैको पहिचान गरी पक्राउ गरी कानुनी दाहेरामा ल्याएर प्रहरीले कार्वाहि प्रकृया अगाडी बढाउने प्रतिबद्धता जनाएका छन्।

उषाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेपछि आफन्तले उषाको शवको शल्यपरीक्षण गरी दाहसंस्कार गरेका छन्। उषाकी छोरी स्मृति राईले आमाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन्। उनले कुटपिटमा संलग्न भएका सबैको भिडियो क्लिप भएकाले सबैलाई पक्राउ गरी कारबाही गर्न धरान प्रहरी समक्ष माग गरेकी छिन्।

उषाको हत्यापश्चात केही दिन अशान्त बनेको धरान अभियुक्त पक्राउ परेसँगै शान्त बनेको छ। कांग्रेस केन्द्रीय सदस्य लक्ष्मी गौतमले निद्रोष एकल महिलाको कुटपिट गर्ने सबैलाई पक्राउ गरि कडा कारबाही गर्न माग गरेकी छिन्।

उनले महिलाहरूबाटै अर्की एक महिलाको हत्या भएको घटनाले धरानका समग्र महिलाहरूको शिर झुकेको बताएकी छिन्।

प्रकाशित मितिः २०७९ मंसिर २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय