मूल्य वृद्धिले रेकर्ड तोड्दै १२ प्रतिशतसम्म पुग्‍ने राष्ट्र बैंकको सर्वेक्षण

भक्तपुर न्यूज

१८ मंसिर २०७९ ११:१७

मूल्य वृद्धिले रेकर्ड तोड्दै १२ प्रतिशतसम्म पुग्‍ने राष्ट्र बैंकको सर्वेक्षण

काठमाडौं । पछिल्लो महिनामा मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्व बजारमा ४० वर्षयताकै उच्च मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले आगामी एक वर्षमा बजारमा मूल्य वृद्धिदर १२ प्रतिशत पुग्ने देखिएको छ । ‘तीन महिना र एक वर्षपछि क्रमश: १० प्रतिशत र १२ प्रतिशत रहेको छ,’ सर्वेक्षणमा उल्‍लेख गरिएको छ ।

आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको सर्वेक्षणमा उल्लेख छ ।

खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैर-खाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको सर्वेक्षणले देखाएको छ ।

यस्तै, खाद्य र खाद्य समूह अन्तर्गतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर-खाद्य र सेवा समूहबाहेकका अन्य समूह तथा उपसमूहमा एक वर्षअगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ ।

राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९-८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो ।

प्रकाशित मितिः २०७९ मंसिर १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय