आइसिसी विश्वकप लिग : स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नामिबियामा रहेको नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्गटनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। तीव्र गतिका बलर सोमपाल कामीलाई बेन्चमा राख्दा करण केसीलाई मैदान उतारेको छ। नेपालले नामिबियाविरुद्ध करणलाई बेन्चमा राखेको थियो।
स्कटल्यान्डले भने टोलीमा कुनै परिवर्तन गरेको छैन। नेपाललाई शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने छ। एकदिवसीय वरियता बचाउनका लागि भने १५ मध्ये १० खेलमा जित जरुरी छ।
प्रकाशित मितिः २०७९ मंसिर १८ आइतबार
