क्रिकेट विश्वकप लिगमा नेपाललाई दोस्रो झड्का, आसिफ पनि आउट

भक्तपुर न्यूज

१६ मंसिर २०७९ ९:५६

क्रिकेट विश्वकप लिगमा नेपाललाई दोस्रो झड्का, आसिफ पनि आउट

काठमाडौं । नामिबियामा जारी क्रिकेट विश्वकप लिग २ मा नेपाल र नामिबियाबीच अहिले खेल भइरहेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले सुस्त सुरुवात गरेको छ । १० ओभरमा ३१ रन अर्जुन साउदका रुपमा पहिलो विकेट गुमाएको नेपालले ६३ को स्कोरमा दोस्रो विकेट गुमाएको छ । साउद ४२ बलमा १८ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेख ४६ बलमा २० रन बनाएर आउट भए ।

यो समाचार तयार पार्दासम्म नेपाले २० ओभरमा २ विकेट गुमाएर ६४ रन बनाएको छ । अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र कप्तान रोहित पौडेल छन् । स्कटल्यान्डसमेत सहभागी यो त्रिकोणीय सिरिज नेपालका लागि महत्वपूर्ण छ । लिगको अंक तालिका नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मितिः २०७९ मंसिर १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय