भक्तपुरमा एमालेलाई शुद्ध र पवित्र मत आएको हो : नेता बस्नेत
भक्तपुर २० जेठ । नेकपा एमालेका युवा नेता एवमं पुर्व उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरका मतदाताले एमालेलाई स्थानीय तहको निर्वाचनमा दिएको मत विल्कुल शुद्ध र पवित्र मत भएको बताएका छन् । एमालेका नेता तथा कार्यकर्ताले निर्वाचन अवधीभर दालमोठ चिउरा खाएर उक्त मत प्राप्त गरेको उनको दाबी छ ।
रफत सञ्चार क्लबमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बस्नेतले भक्तपुरमा स्थानीय तहको निर्वाचनमा वास्तवमा साइलेन्स डेप्लोमेशीले नै एमालेलाई उचाईमा पु¥याएको बताएका छन् । एमालेको मतदाता धेरै कार्यकर्ताको मनोबल कम भएपनि काँग्रेस र नेमकिपाको मतदाता घटेपनि कार्यकर्ताको मनोबल बढी नै देखिएको उनले बताए । उनले भने ‘यस्तो ठाउँमा हामीले अबलम्बन गरेको यो रणनीति काम योग्य देखियो ।’
भरतपुरको मतपत्र च्याँतेर माओवादीले लोकतन्त्र माथि नै धावाँ बोलेको नेता बस्नेतले बताएका छन् । माओवादीले मतपत्र च्यातेर हार स्वीकार गर्न नसक्ने अधिनायकबादी शैली प्रर्दशन गरेको उनको आरोप छ । जसको विरुद्ध युवा संघ र नेकपा एमालेले आन्दोलन नै घोषणा गरिसकेको जानकारी दिदैं उनले युवा संघले माओवादीलाई ज्यान मार्ने धम्की दियो भनेर लगाएको आरोप भनेको ‘डाँकाहरुले गाउँ लुटेको ठिकै हो केटाहरुले डाँका लखेटेर पुलिस बोलाउने काम भने गलत गरे भने जस्तै हुने’ उनको भनाई छ ।