लुम्बिनीले बागमतीलाई दियो २३५ रनको लक्ष्य

भक्तपुर न्यूज

१४ मंसिर २०७९ ८:३५

लुम्बिनीले बागमतीलाई दियो २३५ रनको लक्ष्य

काठमाडौं । वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई २३५ रनको लक्ष्य दिएको छ । मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ लुम्बिनी ४९ ओभरमा २३४ रनमा अलआउट भयो ।

 जसमा देव खनालले ४६,आकाश त्रिपाठीले ४०,दुर्गेश गुप्ताले ३८ रन बनाए । बागमतीका प्रतिक श्रेष्ठले ३,अविशेक कोइरालाले २,ओमकार यादवले ३ विकेट लिए ।

बागमती पनि पाचौं खेलमा विजय हासिल गर्दै फाइनलमा सुरक्षित हुन चाहन्छ । तीन खेलबाट दुई खेल जितेको लुम्बिनी आजको खेल जितेर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

प्रकाशित मितिः २०७९ मंसिर १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय