प्रधानमन्त्री पदमा देउवाको उम्मदेवारी दर्ता
काठमाडौं २० जेठ । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदार समर्थक रहेका छन् । नयाँ प्रधानमन्त्री छनोटका लागि आइतबार संसदमा निर्वाचन हुँदैछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
