मतदाता शिक्षाको पहुँच नपुग्दा कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर

भक्तपुर न्यूज

१३ मंसिर २०७९ ९:२३

मतदाता शिक्षाको पहुँच नपुग्दा कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर

कपिलबस्तु । निर्वाचन आयोगको कमजोरीका कारण मतदाता शिक्षाको पहुँच नपुग्दा कपिलवस्तुमा ३७ हजार ७३६ मत बदर भएका छन् । आमनिर्वाचनअन्तर्गत जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणनाको क्रममा सो संख्यामा मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभातर्फ १३ हजार ४५६ मत र प्रदेश सभातर्फ ११ हजार १४३ मत बदर भएको कार्यालयले बताएको हो । प्रतिनिधि सभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेशसभामा ६ वटा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नम्बर ३ मा सबैभन्दा धेरै मत बदर भएका छन् ।

उक्त क्षेत्रमा प्रतिनिधि सभातर्फ ५ दशमलव ३१ प्रतिशत मत बदर भएको छ भने दुवै प्रदेशसभा अन्तर्गत १ प्रदेश सभा १ मा १ दशमलव ३२ प्रतिशत र प्रदेशसभा २ मा पाँच दशमलव ८१ प्रतिशत मत बदर भएको कार्यालयले उल्लेख गरेको छ ।

जिल्लामा मतदाता शिक्षा प्रभावकारी नभएकाले मत बदर भएको स्थानीयको गुनासो छ ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय