कालिकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित

भक्तपुर न्यूज

९ मंसिर २०७९ ११:५५

कालिकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित

काठमाडौं । कालिकोटबाट प्रतिनिधिसभा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ लाई पराजित गर्दै ‘ह्याट्रिक’ गरेका हुन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्रले १६ हजार ४१० मत पाएका छन्। निर्वाचित शाही नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् ।

यसअघि ०७० र ०७४ मा पनि उनले चुनाव जितेका थिए । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् । माओवादीभित्र प्रभावशाली नेताको छवि बनाएका उनी राष्ट्रिय राजनीतिमा प्रभाव बढाउनका लागि प्रतिनिधिसभा रोजेको बताउँछन् ।

प्रकाशित मितिः २०७९ मंसिर ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय