विपक्षी नौ दलको बैठक सिंहदरबारमा
काठमाडौं, १९ जेठ । प्रधानमन्त्री निर्वाचनका विषयमा भावी रणनीति तय गर्न विपक्षी गठबन्धनकोे बैठक सिंहदरवारमा शुक्रबार बसेको छ । बहुमतिय आधारमा प्रधानमन्त्रीको निर्वाचनका लागि राष्ट्रपतिबाट आव्हान भएपछि गठबनधनले बैठक बोलाएको थियो । बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी दिने या नदिने भन्ने विषयमा छलफल गरेको बताइएको छ । गठबन्धनमा नेकपा एमाले, माले, नेमकिपा, राजमो लगायत नौ दल छन् ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको नेकपा मालेमा महासचिव सीपी मैनालीले बताए । उनले भने संसद अवरुद्ध भएको छ । निर्वाचनको विषयहरु छन् । यी सबै विषयमा छलफल भयो ।’ यसअघि संसद अवरुद्ध गर्दै आएको प्रतिपक्षले प्रधानमन्त्री निर्वाचनमा के गर्छ भन्ने चासो बढिरहेको छ । मैनालीका अनुसार भरतपुर मतगणनापछि उत्पन्न परिस्थितिका कारण अवरुद्ध संसदका बारेमा पनि छलफल भैरहेको छ ।