काठमाडौं ७ रास्वपाका गणेश पराजुली विजयी

भक्तपुर न्यूज

७ मंसिर २०७९ २:५४

काठमाडौं ७ रास्वपाका गणेश पराजुली विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् । उनले नेकपा एमालेका श्यामकुमार घिमिरे र नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईलाई पराजित गरे ।

काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीले ८ हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) ले ६ हजार ६३ मत पाइन् ।

क्षेत्र नम्बर ७ को प्रदेश सभा ‘क’ मा एकीकृत समाजवादीका बसन्त मानन्धर ४ हजार १५३ मतसहित विजयी भएका छन् । यसैगरी प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठ ५ हजार २१८ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय