तनहुँ-२ मा कांग्रेसको सुरुवाती अग्रता, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो
तनहुँ । क्षेत्र नं २ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १६३७ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले ७३६ मत ल्याउँदा एमालेले ४२६ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २४२ मत प्राप्त गरी तेस्रो स्थानमा छ । ८९ मत बदर भएको छ ।
यो क्षेत्रमा प्रतिनिधि सभामा कांग्रेसबाट शंकर भण्डारी र एमालेबाट किरण गुरुङबीच कडा प्रतिष्पर्धा देखिएको छ।
प्रकाशित मितिः २०७९ मंसिर ०५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
