सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १३ सैनिकको मृत्यु
एजेन्सी, १८ जेठ । टर्कीको सिनाक प्रदेशमा हिजो अवेर राती टर्की सेनाको हेलिकप्टर दुर्घटना भएको छ । सो दुर्घटनामा परी १३ जना सैनिकको मृत्यु भएको छ ।
सिर्नाक प्रदेशको सेनोबाबाट १३ जना सैनिकलाई लिएर उडेको हेलिकोप्टर दुर्घटनामा परेको सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय समयाअनुसार हिजो राती ८ बजेर ५५बजे उडेको केही समयमै हाइभोल्टेजका कारण हेलिकोप्टर दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
टर्कीका रक्षा मन्त्री फिक्रि इसिक दुर्घटनाका बारेमा बुझ्न घटनास्थलमा पुगेका थिए । सेनोबा जिल्लाको नजिकै टर्की र इराकको सिमानामा दुर्घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दुर्घटनाका बारेमा विस्तृत विवरणको प्राप्त गर्नको लागि अनुसन्धान टोली घटनास्थलमा पठाइ सकिएको बताइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
