बलात्कार आरोपमा डिल्लीबजारबाट ३६ वर्षीय युवक पक्राउ

भक्तपुर न्यूज

२ मंसिर २०७९ ८:०३

बलात्कार आरोपमा डिल्लीबजारबाट ३६ वर्षीय युवक पक्राउ

काठमाडौं । बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३६ वर्षीय सुरेन्द्र प्रधानलाई पक्राउ गरेको छ ।

२७ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रधानले २०७८ चैत ३० गतेदेखि विभिन्न स्थानमा र अन्तिम पटक गत कात्तिक १० गते मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित पीडितकै कोठामा जबरजस्ती करणी गरेको आरोप छ । घटनाबारे प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७९ मंसिर ०२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय