आजदेखि ७ गतेसम्म कर सप्ताह मनाइने

भक्तपुर न्यूज

१ मंसिर २०७९ ११:०७

आजदेखि ७ गतेसम्म कर सप्ताह मनाइने

काठमाडौं । आजदेखि ७ गतेसम्म कर सप्ताह मनाइने भएको छ। नेपालमा मूल्यअभिवृद्धि कर लागू भएको दिनदेखि सात दिनसम्म कर सप्ताह मनाइनलागेको हो। २०६९ देखि सरकारले मंसिर १ लाई कर दिवस मनाउँदै आएको छ।

यस वर्ष स्वैच्छिक सहभागितासहितको फराकिलो कराधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने मूल नारामा राष्ट्रिय कर दिवस मनाइएको छ।

सात दिनसम्म करदातालाई केन्द्रविन्दुमा राखी उनीहरुको अधिकतम सहभागितासहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको सहयोग तथा सहकार्यमा रचनात्मक कार्यक्रम गरिने बताइएको छ।


प्रकाशित मितिः २०७९ मंसिर ०१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय