नेपाल बैंकले जारी गर्‍यो आफ्नै डलर कार्ड

भक्तपुर न्यूज

१ मंसिर २०७९ ९:४९

नेपाल बैंकले जारी गर्‍यो आफ्नै डलर कार्ड

काठमाडौं । आफ्नाे ८६औं वार्षिकाेत्सवकाे अवसरमा देशकाे पुरानाे बैंक नेपाल बैंकले प्रिपेड डलर कार्ड जारी गरेकाे छ ।

हरेक वार्षिकाेत्सवमा नयाँ सेवा ल्याउने प्रचलनलाई निरन्तरता दिँदै यसपटक डलर कार्ड जारी गरेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए ।​

अनलाइमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद आयतकाे भुक्तानीका लागि राष्ट्र बैंकले डलर कार्डकाे सुरुवात गरेकाे थियाे । हाल एक प्रयाेगकर्ताले डलर कार्डबाट प्रति वर्ष ५०० सम्म खर्च गर्न सक्छन् ।

साथै बैंकले अनलाइनबाट फिक्स्ड डिपाेजिट गर्ने व्यवस्था र सुनचाँदी कर्जाकाे डिजिटलाइजेसन सेवा पनि सञ्चालनमा ल्याएकाे छ ।

प्रकाशित मितिः २०७९ मंसिर ०१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय