क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा म्यानचेस्टर युनाइटेडले नखेलाउने दाबी

भक्तपुर न्यूज

१ मंसिर २०७९ ८:५२

क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा म्यानचेस्टर युनाइटेडले नखेलाउने दाबी

काठमाडौं । इंग्ल्यान्डको प्रभावशाली फूटबल क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई कुनै हालतमा खेलाउन नहुने व्यवस्थापक एरिक टेन ह्यागले क्लबका अधिकारीहरूलाई बताएको भनी विभिन्न सञ्चारमाध्यमले खरब दिएका छन् ।

रोनाल्डोले बेलायतका टीभी प्रस्तोता पियर्स मोर्गनलाई दिएको सनसनीपूर्ण अन्तर्वार्तामा आफूलाई क्लबले धोका दिएको बताएपछि टेन ह्यागको निर्देशन आएको हो ।

आफूलाई टेन ह्यागले सम्मान नगरेको आरोप रोनाल्डोले लगाए । सोमवार टेन ह्यागले क्लबका सहअध्यक्ष जोएल ग्लेजरसँग कुराकानी गरेका थिए । त्यसमा उनीहरूले रोनाल्डोविरुद्ध अनुशासनको कारवाही चलाउने विषयमा चर्चा गरेका थिए ।

रोनाल्डोका टिप्पणीहरू अस्वीकार्य रहेको पनि टेन ह्यागले क्लबका शीर्ष अधिकारीहरूलाई बताएका छन् । कतारमा हुने विश्वकप फूटबलपछि रोनाल्डोलाई कुनै हालतमा पनि क्लबबाट खेल्न नदिने उनले स्पष्ट पारेको बताइएको छ ।

युनाइटेडले आइतवार फुलहमलाई २–१ गोलको अन्तरले हराएपछि युनाइटेड क्लबले रोनाल्डोको अन्तर्वार्ताका बारेमा थाहा पाएको थियो । रोनाल्डोका दाबीहरूमा कस्तो प्रतिक्रिया जनाउने भनी क्लबले कानूनी सल्लाह लिइरहेको बताइएको छ ।

प्रकाशित मितिः २०७९ मंसिर ०१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय