विश्वकपअघिको अभ्यास खेलमा अर्जेन्टिनाको फराकिलो जित

भक्तपुर न्यूज

१ मंसिर २०७९ ७:५७

विश्वकपअघिको अभ्यास खेलमा अर्जेन्टिनाको फराकिलो जित

काठमाडौं । विश्वकप फुटबलअघि अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा युएई फराकिलो अन्तरले पराजित गरेको छ। अर्जेन्टिनाले बुधबार राति भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली युएईमाथि ५-० को जित निकालेकाे हाे।

अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गर्दा जुलियन अल्भारेज, लियोनल मेसी र जोआकिन कोर्रेयाले एक-एक गोल गरे। युएईविरुद्ध अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो। दोस्रो हाफमा थप एक गोल गर्‍याे।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुँदै छ। विश्वकपमा अर्जेन्टिना समूह ‘सी’ मा रहेको छ। यस समूहमा मेक्सिको, पोल्याण्ड र साउदी अरेबिया रहेका छन्। अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदीसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ।

प्रकाशित मितिः २०७९ मंसिर ०१ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय