घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन ४ सय र चाँदी १० रुपैयाँले घटेको हो ।
बुधबार ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार ४ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७९ मंसिर १ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
