खानी इन्जिनियर जसवंत सिंह गिलको बायोपिकमा अक्षय कुमार
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतका खानी इन्जिनियर जसवंत सिंह गिलको वास्तविक जीवनमा आधारित फिल्ममा मुख्य भूमिका निभाउने भएका छन् । पूजा इन्टरटेनमेन्ट र अक्षय कुमारले सिंहको साहसी भूमिकालाई दर्शकमाझ ल्याउन लागेका हुन् ।
इन्जिनियर सिंहले धेरै कठिन परिस्थितिमा १९८९ मा कोइला खानीमा फसेकाहरूलाई बचाएका थिए । यो भारतको पहिलो कोइला खानी उद्दार समेत भएको बताइएको छ । फिल्मलाई टिनु सुरेश देसाईले निर्देशन गर्नेछन् जसले यसअघि अक्षय कुमारसँग राष्ट्रिय पुरस्कार विजेता फिल्म रुस्तममा काम गरेका थिए। एजेन्सी
प्रकाशित मितिः २०७९ कार्तिक ३० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
