पैसा बाँडेर एमालेले सिट संख्या बढाएको बिजुक्छेंको आरोप
भक्तपुर १८ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा काँग्रेसको तुलनामा एमालेले पैसा बाँडेर आफ्नो सिट संख्या बढाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रमा बोल्दै बिजुक्छेंले १५ सालदेखि काँग्रेसले र अहिले आएर चुनावका समयमा मतदातालाई प्रलोभनमा पार्दै ठूलो धन राशी एमालेले खर्च गरेको आराप लगाउँदै त्यसको उदारहण भक्तपुरको सूर्यबिनायक र चाँगुनारायण नगरपालिकामा गरेको खर्चले प्रष्ट पारको उहाँले बताए ।
उनले एमालेले कम्युनिष्टको ‘क’ समेत उचारण गर्न मन नपराउने र ब्यवहारले पुँजीबादी चरित्र प्रष्ट पारेको बताउँदै बिगत देखिनै भन्दै आएको भनाई पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले ब्यवहारमा देखाएको आरोप लगाए । चुनावको समयमा आचारसंहिता उल्लघन गर्दै संसारमा कहिं नभएको काम वर्तमान सरकारले गरेको भन्दै बिजुक्छेंले यो सरकारले मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएको र सरकार फेरबदल समेत गरेको बताए ।
वर्तमान सरकारले राजपालाई चुनावमा ल्याउन स्थानीय तहको २२ सिट संख्या थपेर गलत काम गरेको बताउँदै राजपालाई चुनाबमा आउन प्रधानमन्त्रीले गरेको आग्रह केटाकेटी खेल जस्तै भएको उनको भनाई छ । सञ्चारकर्मीको एक जिज्ञाशामा प्रति प्रश्न गर्दै उनले राजपाले गोप्य कोठामा बसेर पुरै भाग माग्यो भने के गर्ने ?
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले नयाँ बन्ने बहुमतिय सरकारमा नेमकिपा नजाने तर पार्टीले केही सर्तहरु भने राख्ने बताए । यदि नयाँ बन्ने सरकारले नेमकिपाका केही सर्त मानेको अबस्थामा प्रतिपक्षमै बसेर भएपनि सरकारलाई सहयोग गर्न सकिने उनले बताएका छन् ।