पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको टिकट डिजिटल वालेटबाट किन्न सकिने

भक्तपुर न्यूज

२८ कार्तिक २०७९ १२:००

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको टिकट डिजिटल वालेटबाट किन्न सकिने

काठमाडौं । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलको टिकट डिजिटल वालेटहरू खल्ती, ईसेवा र आईएमई पेबाट किन्न सकिनेछ । नेपालले कात्तिक ३० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाकिस्तानविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दै छ ।

खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आधिकारिक रूपमा टिकट बिक्रीको अधिकार पाएको फुटसल भिलेज प्रालिले टिकट खल्ती, ईसेवा र आईएमई पेबाट किन्न सकिने जनाएको हो ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५००, भीआईपीतर्फ १००० र ५००० को टिकट मूल्य तोकेको छ । खेलको टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट प्राप्त गर्ने छन् । विजेता गोलापर्थाद्वारा छनोट गरिने छ ।

नेपालले पाकिस्तानसँग चार वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । पछिल्लोपटक यी दुई टिमबीच सन् २०१८ को साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा भएको थियो । यस्तै, यसै वर्षको जुन १ मा विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तानले नौ वर्षपछि नेपाल भ्रमण गर्न लागेको हो ।

पाकिस्तान पछिल्लोपटक सन् २०१३ मा भएको साफ च्याम्पियनसिपका लागि नेपाल आएको थियो ।

प्रकाशित मितिः २०७९ कार्तिक २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय