देशको ढुकुटीमा पैसा नभएका कारण राम्रो मोबाइल बोक्न सक्ने अवस्था छैन : ओली

भक्तपुर न्यूज

२८ कार्तिक २०७९ ११:३२

देशको ढुकुटीमा पैसा नभएका कारण राम्रो मोबाइल बोक्न सक्ने अवस्था छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको ढुकुटी रित्तिएका कारण जनताले राम्रो मोबाइलसम्म किन्न नपाउने अवस्था आएको बताएका छन्। उनले विदेशी मुद्रा सञ्चिति घटेको कारण अहिले राम्रा मोबाइल, राम्रा गाडी कसैले चढ्छुभन्दा नपाइने र राम्रो खालको घडी बाँध्छुभन्दा नपाइने अवस्था आएको बताए।

चितवनमा भएको एक कार्यक्रममा बोल्दै ओलीले अहिले बैंक तरलता दिन नसक्ने अवस्थामा पुगेको जानकारी दिए।

‘बैंकका तरलता छैन। तरलताको कारण बैंकको ब्याजदर बढेको बढै छ। बैंकका पैसा नहुँने बित्तिकै ब्याजदर बढ्छ। यसलाई तरलता ल्याएर समाधान गुर्नपर्छ। तर, त्यो काम भएको छैन’, उनले भने।

अर्थतन्त्रमा अहिले देखिएको जस्तो समस्या योभन्दा अगाडि कहिले पनि नदेखिएको ओलीले दाबी गरे।

प्रकाशित मितिः २०७९ कार्तिक २८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय