भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर न्यूज

२७ कार्तिक २०७९ १०:१५

भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर। भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार सल्लाघारीमा माेटरसाइकल र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको हाे ।

कोटेश्वरबाट सल्लाघारी जाँदै गरेकाे बा ६ च ८१५ नम्बरको कारले बा २८ प ७३९२ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा चालककाे मृत्यु भएकाे भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

‘बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो’, उनले भने । चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय