फिफा विश्वकपका लागि मोरोक्कोको टिम घोषणा

भक्तपुर न्यूज

२५ कार्तिक २०७९ १०:४५

फिफा विश्वकपका लागि मोरोक्कोको टिम घोषणा

काठमाडौं । नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि मोरोक्कोको टिम घोषणा भएको छ ।मोरोक्कोका प्रशिक्षक वालिद रेक्राकीले २६ सदस्यीय टोली घोषणा गरेका हुन् । मोरोक्कोको टिममा युरोपियन लिग खेल्ने दुई चर्चित खेलाडी हाकिम जियाच र अच्रफ हाकीमी पनि छन् ।

जियाच चेल्सी र हाकिमी इन्टर मिलानबाट खेल्छन् । यस्तै सेभियाबाट खेल्ने गोलकिपर यासिन बोउनोउ र फरवार्ड युसुफ एन नेस्री पनि टिममा समावेश छन् । समूह ‘एफ’मा रहेको अफ्रिकन राष्ट्र मोरोक्कोले नोभेम्बर २३ मा साविक उपविजेता क्रोएसियासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

मोरोक्को टिम

गोलकिपरः यासिन बोउनोउ, मुनिर मोहमेदी, अहमेद रेदा टाग्नाउटी

डिफेण्डर: रोमाइन साइस, अच्रफ हाकिमी, नायफ अगुएर्ड, नोउसाइर माज्राउई, जवाद एई यामिक, अच्रफ दारी, बाडर बेनोउन, याहिब अतियात अलाह

मिडफिल्डर: सोफ्यान अमराबात, सेलिम अमालाह, अमिन हारित, इलियस चेर, अजेदिन ओउनाही, याहया, जाब्रान, अब्देलहामिद साबिरी, बिलाल एई खान्नोउस

फरवार्डः युसुफ एन नेस्री, हाकिम जियच, सोफिएन बाउफल, अब्देराजाक हाम्दालाह, जाकारिया अबोउखाल, अब्दे एज्जालजोलि, वालिद चेडिरा

प्रकाशित मितिः २०७९ कार्तिक २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय