आईसीसी टी–ट्वान्टी विश्वकप : न्युजिल्यान्डद्वारा पाकिस्तानलाई १५३ रनको लक्ष्य

भक्तपुर न्यूज

२३ कार्तिक २०७९ १०:१५

आईसीसी टी–ट्वान्टी विश्वकप : न्युजिल्यान्डद्वारा पाकिस्तानलाई १५३ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । सिड्नीमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनायो ।

न्युजिल्यान्डका लागि डेरी मिचेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए । त्यस्तै कप्तान केन विलियमसनले ४६ रन बनाउँदा डेभोन कनवेले २१ रन जोडे ।

पाकिस्तानका लागि साहिन शा अफ्रिदीले दुई विकेट लिए । त्यस्तै मोहमद नवाजले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै पाकिस्तान दोस्रो उपाधिको नजिक हुने योजनामा छ । यता अघिल्लो संस्करणमा फाइनल पुगेर पनि उपाधि जित्न नसकेको न्युजिल्यान्ड यो पटक सेमिफाइनलमा पुगेर उपाधि जित्न चाहन्छ ।

प्रकाशित मितिः २०७९ कार्तिक २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय