कालीकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, सात घाइते

भक्तपुर न्यूज

२२ कार्तिक २०७९ ११:२६

कालीकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, सात घाइते

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएकाे छ । मुगुबाट सुर्खेतका लागि छुटेको जिप दुर्घटनामा परेर सातजना घाइते भएका छन् ।

भे१छ ४४१२ नम्बरको उक्त जीप कालीकोटको तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना भएकाे हाे । दुर्घटनामा परी एकजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रशाशन कार्यलय कालीकोटले जनाएको छ।

मृत्यु हुनेहरूको वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेको प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए। उनीहरूकाे ठेगाना खुलेकाे छैन ।

दुर्घटनामा घाइते सातजनाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ । घाइते हुनेमा हुम्लाका २२ वर्षीय केशरी शाही, र २४ वर्षीय उज्जवल सिंह, १७ वर्षीय धीरज बुढा, १६ वर्षीय गोपीचन्द्र बुढा, ३१ वर्षीय सन्तोष शाही, गाडी चालक ३५ वर्षीय प्रेमसिंह बडुवाल छन् । एक घाइतेको नाम खुल्न सकेको छैन।

प्रकाशित मितिः २०७९ कार्तिक २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय