एमालेलाई सघाएको आरोपमा गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै

भक्तपुर न्यूज

२२ कार्तिक २०७९ ८:३०

एमालेलाई सघाएको आरोपमा गण्डकीका मन्त्री आचार्यलाई हटाइँदै

पोखरा । गण्डकीका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री हरिशरण आचार्यलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले हटाउने तयारी गरेका छन् । उनलाई आज (मंगलबार) नै बर्खास्त गरिनेछ ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई सहयोग गरेको आरोपमा उनलाई हटाउन लागिएको मुख्यमन्त्री निकट स्रोतले बताएको छ । मन्त्री आचार्यलाई मन्त्रीबाट हटाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुखलाई पत्र पठाउन लागेको मुख्यमन्त्री स्रोतले जानकारी दियो ।

मुख्यमन्त्री पोखरेल आज नै नवलपुरबाट पोखरा आएका छन् ।

प्रकाशित मितिः २०७९ कार्तिक २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय