भैलो खेलेर जम्मा भएको रकमले गाउँको बाटो झिलिमिली

भक्तपुर न्यूज

२१ कार्तिक २०७९ ८:०२

भैलो खेलेर जम्मा भएको रकमले गाउँको बाटो झिलिमिली

खजुरा । बाँके जिल्ला खजुरा गाउँपालिका–३ को न्यु वाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैलो खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ । क्लबको अगुवाइमा खेलिएको देउसीभैलोबाट संकलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो ।

रातको समयमा अन्धकार हुने खजुरा–३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावतमा सहज भएको स्थानीवासीले बताए । स्थानीय नारायण थापाका अनुसार रमाइलोका लागि खेलिएको भैलोको रकम सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान कार्यमा खर्च गरेपछि सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको छ ।

खेलकुद, गाउँघरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएको क्लबले रातको समयमा गाउँमा हिँडडुल गर्न समस्या भएपछि बत्ती बाल्नैका लागि भैलो कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए । बत्ती जडान गर्दा रू। ७५ हजारभन्दा बढी खर्च भएको क्लबले बताएको छ ।

प्रकाशित मितिः २०७९ कार्तिक २१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय