दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय

भक्तपुर न्यूज

१७ जेठ २०७४ ३:३५

दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय

काठमाडौं, १७ जेठ । असार ९ गते तय भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनको मिति सरेको छ । असार ९ गते मुस्लिमहरूको चाड रमजान परेको भन्दै आज बसेको मन्त्रिपरिषद्को बैठकले असार १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति सार्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार परामर्श गरेका थिए । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले राजपा नेपाललार्इ सहभागि गराउन भन्दै जेठ ३१ गतेका लागि तोकिएको चुनावको मिति असार ९ गतेका लागि सारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *