रुसविरुद्ध युद्ध लडने क्रममा युक्रेनमा ताइवानी नागरिकको मृत्यु

भक्तपुर न्यूज

२० कार्तिक २०७९ ११:३३

रुसविरुद्ध युद्ध लडने क्रममा युक्रेनमा ताइवानी नागरिकको मृत्यु

काठमाडौं । रुस र युक्रेनको जारी युद्धमा एक ताइवानी नागरिकको मृत्यु भएको छ । रुसविरुद्ध युद्ध लडन युक्रेन पुगेका ताइवानी नागरिक त्सेङ शेङ कुअङको मृत्यु भएको समाचार बीबीसीले समाचार लेखेको छ । ताइपेइनस्थित विदेश मन्त्रालयले पनि युक्रेन-रुसको युद्धमा ताइवानी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

युक्रेनी फिल्ड कमाण्डरले स्वयंसेवकका रुपमा रुसविरुद्ध युद्ध लडिरहेका ताइवानी नागरिकको मृत्यु भएको जनाएका छन् । उनी युक्रेनमा स्वयंसेवक सैनिकहरुको बटालियनमा कार्यरत थिए । मृत्युको आधिकारिक कारण नखुले पनि युक्रेनको पूर्वी सहर लुहान्स्कमा लडाइको क्रममा उनी घाइते भएका थिए।

उपचारका क्रममा उनको निधन भएको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरुले समाचार लेखेका छन् ।

प्रकाशित मितिः २०७९ कार्तिक २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय