होटल एलफ्ट र महालक्ष्मी विकास बैंकसँग शुभश्री कलेजको सहकार्य

भक्तपुर न्यूज

१७ कार्तिक २०७९ ११:२४

होटल एलफ्ट र महालक्ष्मी विकास बैंकसँग शुभश्री कलेजको सहकार्य

काठमाडौं । शुभश्री कलेज अफ म्यानेजमेन्टले होटल एलफ्ट र महालक्ष्मी विकास बैंकसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा शुभश्री कलेजका प्रबन्ध निर्देशक तरुणप्रताप शाह र होटल एलफ्टका तर्फबाट प्रबन्ध निर्देशक विक्रम सिंहले हस्ताक्षर गरेका हुन्।

यसैगरी महालक्ष्मी बैंकसँग शुभश्री कलेजकी प्रिन्सिपल मनिता ओली र महालक्ष्मी बैंकको मानव संशाधन विभाग प्रमुख भेषराज कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्नसिपको अवसर उपलब्ध गराउनका लागि दुई संस्थासँग सम्झौता गरिएको हो। महालक्ष्मी विकास बैंकसँग भएको सम्झौताले ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए)मा अध्ययरत विद्यार्थीहरुलाई इन्टर्नसिपको अवसर प्रदान गर्ने छ भने होटल एलफ्टसँग भएको सम्झौताले होटल म्यानेजमेन्टमा स्नातक तह अध्ययन गरिरहेका विद्यार्थीहरुलाई इन्टर्नसिपको मौका दिने शुभश्री कलेज अफ म्यानेजमेन्टकी प्रिन्सिपल ओलीले जानकारी दिइन्।

शुभश्री कलेज अफ म्यानेजमेन्टले व्यवस्थापन र हस्पिटालिटी संकायअन्तर्गत बीबीए र बीएचएमको ४ वर्षे स्नातक शिक्षा प्रदान गर्दै आएको छ। गुणस्तरीय पूर्वाधार, अन्वेषण, सीपमा आधारित शिक्षा, रोजगारीका लागि पहल, मनोरञ्जनपूर्ण शिक्षाका लागि आवश्यक वातावरण, मल्टीमिडिया र स्वच्छ वातावरणमा उच्च शिक्षा प्रदान गर्दै आएको कलेजले जनाएको छ।

प्रकाशित मितिः २०७९ कार्तिक १७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय