समुद्री आँधीपछिको बाढीपहिरोमा फिलिपिन्समा कम्तीमा ३१ जनाको मृत्यु

भक्तपुर न्यूज

११ कार्तिक २०७९ १२:०३

समुद्री आँधीपछिको बाढीपहिरोमा फिलिपिन्समा कम्तीमा ३१ जनाको मृत्यु

काठमाडौं । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तमा भएको समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी ३१ जनाको मृत्यु भएको छ। त्यहाँका धेरै जना बेपत्ता भएको स्थानीय अधिकारीहरले जानकारी दिएका छन्।

मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयका प्रमुख नुरुउल्लाह इमामले आँधीपछि क्षतिको विवरण संकलन र उद्धारका काम तीव्र बनाइएको जानकारी दिएका छन्।

फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुलनामा यस्ता प्रकोप आउने गरेका छन्। औसत रुपमा यस देशमा वार्षिक बीस ओटा टाइफुन आउने गरेका छन्। ती मध्ये केही तीव्र र विनाशकारी हुने गरेका छन्।

प्रकाशित मितिः २०७९ कार्तिक ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय