आईसीसी टी-२० विश्वकप : वर्षाले अस्ट्रेलिया-इङ्ल्यान्ड भिडन्त रद्द, दुवैले बाँडे अंक
काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-१२ अन्तर्गत शुक्रवारलाई निर्धारित अस्ट्रेलिया र इङ्ल्यान्ड भिडन्त वर्षाका कारण रद्द भएको छ । वर्षाका कारण खेल सुरु हुन नसकेपछि दुवै टोलीलाई १/१ अंक दिइएको छ । तीन खेलबाट ३ अंक भएको अस्ट्रेलिया समूह-१ मा चौथो स्थानमा छ।
तीन खेलपछि आयरल्यान्ड र इङ्ल्यान्डको पनि समान ३ अंक छ। शीर्षस्थानमा रहेको न्युजिल्यान्डको २ खेलबाट ३ अंक छ। समूह-२ अन्तर्गत आयरल्यान्ड र अफगानिस्तानबिचको खेल पनि वर्षाका कारण रद्द भएको छ।
प्रकाशित मितिः २०७९ कार्तिक ११ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
