भरतपुरको मतगणना १७ गतेसम्म नहुने
काठमाडौं, १५ जेठ । निवार्चन आयोगले भरतपुर महानगरपालिकाको मतगणना १७ गतेसम्म नगर्ने भएको छ । मतपत्र च्यातिएको विषयमा छानबिन गर्न आयोगले समिति बनाएपछि दुई दिन मतगणना नहुने भएको हो ।
आयोगले आज तीन सदस्यीय छानविन समिति बनाएर सो समितिले दिएको प्रतिवेदनपछि मात्र मतगणनाका विषयमा टुंगो लगाउने निर्णय गरेको छ । समितिलाई प्रतिवेदन बुझाउन दुई दिनको समय दिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
