जिम्बावेसँग पाकिस्तान १ रनले पराजित

भक्तपुर न्यूज

११ कार्तिक २०७९ ४:०२

जिम्बावेसँग पाकिस्तान १ रनले पराजित

काठमाडौं । अष्ट्रेलियामा जारी आइसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा जिम्बावेले पाकिस्तानलाई १ रनले हराएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको जिम्बेवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोडेको थियो।

१३१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको पाकिस्तानका शान मसुद बाहेक सबै ब्याट्सम्यान सस्तैमा आउट हुँदा जिम्बावले दिएको १३१ रनको सामान्य लक्ष्य पनि पाकिस्तानले भेटाउन सकेन। मसुदले भने ४४ रनको योगदान दिए।

पाकिस्तानका लागि मोहम्मद नवाज २२, शादाब खान १७, मोहम्मद वासिमले १२ रन बनाए भने अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अन्ततस् पाकिस्तान १२९ मा अल आउट भयो र जिम्बावे १ रनले विजयी भयो।

पाकिस्तानका खेलाडीलाई सस्तैमा आउट गर्ने क्रममा जिम्बावेका सिकन्दर राजाले ३ र ब्राड इभान्सले २ विकेट लिएका थिए।

प्रकाशित मितिः २०७९ कार्तिक ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय