आजकाे माैसम: पश्चिैमी वायुको सामान्य प्रभाव
काठमाडौं । हाल देशमा पश्चिैमी वायुको सामान्य प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भूभागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मितिः २०७९ कार्तिक ११ शुक्रबार
