‘नो नट अगेन’ फेसबुक पेज हटाउन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारबारे लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक सामग्री प्रकाशन गरेको भन्दै फेसबुक पेज र ग्रुपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मङ्गलवार वज्ञप्ति निकालेर आयोगले ध्यानाकर्षण भएको जनाएको हो । आउँदो मङ्सिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेशसभा चुनावका लागि दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा ‘नो नट अगेन’ समेतका फेसबुक पेज र ग्रुपबाट प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको हो ।
झुटा फेसबुक पेज र ग्रुप बनाएर नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।
यी कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको भन्दै झुटा फेसबुक पेज र ग्रुप हटाउन आयोगले सचेत गराएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक ८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
