दीपावलीमा बक्स अफिसमा अग्रिम टिकट बुकिङ सोचेभन्दा धेरै कम
काठमाडौं । बलिउड फिल्म प्रायः दीपावलीलाई लक्षित गरेर रिलिज गर्ने प्रतिस्पर्धा नै चल्छ । फिल्मले बक्स अफिसमा अचम्मको कमाई गरेको रेडर्क पनि रहेको छ । तर, यसपटक त्यस्तो देखिएन । यसपटक दीपावलीको अवसरमा तीन फिल्म रिलिज हुँदैछन् ।
मिडिया रिपोर्टका अनुसार राम सेतु, थ्यांक गड र हरहर महादेव तर दिपावली जस्तो ठूलो पर्व भएपनि यी फिल्मले अग्रिम बुकिङ गरेर एक करोड रुपैंया पनि कमाउन सक्रिएका छैनन् । अक्षयको आगामी फिल्म रामसेतु लाई लिएर पनि दर्शक खासै उत्साह छैन । यो बर्ष अक्षयका फिल्म फ्लप सावित भइरहेका छन् ।
अजय देवगनले आफ्नो आगामी फिल्मको प्रचारप्रसार गरिरहेका छन् । साथमा थ्यांक गड को अवस्था रामसेतुको भन्दा पनि खराब छ । रिपोर्टका अनुसार फिल्म थ्यांक गड को मात्र २५ हजार १४२ टिकट बिक्री भएको छ । अग्रिम बुकिङबाट कमाइ गर्ने कुरा गर्ने हो भने ७५ करोडमा बनेको यो फिलमले ६२.६२ लाख मात्रै कमाएको छ ।
प्रकाशित मितिः २०७९ कार्तिक ०७ सोमबार
