सुनचाँदीको कोटा बढाउन व्यवसायीको माग

भक्तपुर न्यूज

४ कार्तिक २०७९ १२:१९

सुनचाँदीको कोटा बढाउन व्यवसायीको माग

काठमाडौं । बजारमा सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायमा आबद्ध व्यवसायीहरू मर्कामा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलाई भेटेर सुन चाँदी माग भए जसरी आपूर्ति हुने गरी व्यवस्था मिलाइदिन माग गरेका छन् ।

महामसंघका प्रतिनिधिहरूले बजारको मागको तुलनामा आपूर्ति अत्यन्तै कम मात्र भएकोले व्यवसाय सञ्चालन गर्न नै कठिनाइ भएको बताए ।

विभागका महानिर्देशक भट्टराईले व्यवसायीको गुनासो जायज भएको र त्यसलाई आफूले सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

त्यस क्रममा अन्य विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । महासंघका तर्फबाट भने अध्यक्ष शाक्यसँगै उपाध्यक्ष दियशरत्न शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्यको सहभागिता रहेको थियो ।

त्यस क्रममा अन्य विभिन्न संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । महासंघका तर्फबाट भने अध्यक्ष शाक्यसँगै उपाध्यक्ष दियशरत्न शाक्य एवं महासचिव धर्मशुन्दर बज्राचार्यको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः २०७९ कार्तिक ०४ शुक्रबार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय