अपूर्वले माफी मागिसकेपछि थुनिराख्न जरुरी छ जस्तो लाग्दैन : हरिवंश आचार्य

भक्तपुर न्यूज

३ कार्तिक २०७९ ८:४०

अपूर्वले माफी मागिसकेपछि थुनिराख्न जरुरी छ जस्तो लाग्दैन : हरिवंश आचार्य

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेसँगै यो विषय फेरि चर्चाको विषय बनेको छ। नेवार समुदायको आस्थामा चोट पुर्‍याउने गरी व्यङ्ग्य गरेको भन्दै अपुर्वविरुद्ध उजुरी परेपछि उनीलाई पक्राउ गरिएको थियो।

यसअघि कोरोना संक्रमण भएपछि साधारण तारेखमा छुटेका उनी पुन: हिरासतमा छन्। प्रहरीले क्षितिजलाई फेरि प्रकाउ गरेसँगै अहिले चौतर्फी विरोध सुरु भएको छ। कमेडी गरेकै कारण यसरी दु:ख दिन नहुने भन्दै समर्थकहरुले आपत्ति जनाइरहेका छन्।

यसैबिच, कलाकार हरिवंश आचार्य पनि अपूर्व क्षितिजको पक्षमा बोलेका छन्। हरिवंशले अपूर्वले गल्ती महसुस गरेर माफी मागिसकेपछि पनि पुन: प्रकाउ गर्नु आवश्यक नरहेको बताएका हुन्।

उनले भने, ‘अपूर्व क्षितिजले माफी मागिसक्नुभयो। माफी मागिसकेपछि मान्छेलाई माफी दिनुपर्छ। एउटा व्यक्तिलाई त्यसरी थुनिराख्नु जरुरी छ जस्तो लाग्दैन। माफी माग्नेभन्दा माफी दिने मान्छे महान हुन्छन्। माफी दिएपछि उहाँ अरु कामहरु पनि गर्नुहुन्छ। यस्तो गर्नु नहुँदो रहेछ भनेर उहाँ सचेत भइसक्नु भयो त्यसैले यो चिजलाई क्षमा दिनुपर्छ।’

साथै आचार्यले कुनै पनि कमेडियनले व्यङ्ग्य गर्नुअघि धेरै अध्ययन गर्नुहुन समेत सुझाएका छन्।

‘कमेडी गर्ने अनेक तरिकाहरु हुन्छन्। सबै जातजातिलाई आफ्नो मातृभाषा र भेषभुषाप्रति गौरव छ। त्यसैले, त्यो चिजमा कमेडी गर्नुहुँदैन, निकै सोच्नुपर्छ,’ उनले भने।

प्रकाशित मितिः २०७९ कार्तिक ०३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय