सन्दीप लामिछानेलाई थप चार दिन थुनामा राख्न अनुमति
काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने थप चार दिन प्रहरी हिरासतमा रहने भएका छन्। जिल्ला अदालत, काठमाडौंले उनलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
लामिछानेविरुद्ध अनुसन्धान जारी रहेकाले सात दिन थुनामा राख्ने अनुमति मागेको थियो। अदालतले चार दिन थुनामा राख्न मात्रै अनुमति थिएको छ। उनी विरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ।
उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। त्यसयता उनी प्रहरी हिरासतमा छन्।
प्रकाशित मितिः २०७९ कार्तिक ०३ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
