सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार

भक्तपुर न्यूज

२ कार्तिक २०७९ ८:५४

सर्लाहीमा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–१ मा सहकारी संस्थाका अध्यक्षमाथि गोली प्रहार भएको छ । मिलनचोकमा रहेको सगुन ऋण तथा सहकारीका अध्यक्ष सिजन कार्कीलाई ३ जनाले गोली प्रहार गरेर भागेको सर्लाहीका एसपी प्रवीण पोखरेलले बताए ।

उनलाई ३ गोली लागेको छ । पाखुरा, तिघ्रा र कोखामा गोली लागेको छ । गोली प्रहार गर्नेहरुको खोजी भइरहेको एसपी पोखरेलले जानकारी दिए । सहकारीको कार्यालयमा बसिरहेको बेला ३ जना आएर गोली हानेर भागेका हुन् ।

प्रकाशित मितिः २०७९ कार्तिक ०२ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय