दोस्रो चरणको निर्वाचनका लागि आजबाट निर्वाचन कार्यालय खोलिदैं
काठमाडौ, १५ जेठ । दलहरुवीच पूर्व निर्धारित निर्वाचन मिति केही दिन पछि सार्नेबारे छलफल गरिरहँदा निर्वाचन आयोगले भने जेठ ३१ गते नै निर्वाचन गर्ने गरी तयारी तीव्र पारेको छ ।
निर्वाचन आयोगले आज दोस्रो चरणमा निर्वाचन सम्पन्न गराउन बाँकी जिल्लाका ४ सय ६१ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याउन लागेको हो । आयोगले आज ४ सय ६१ वटै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने बताएको छ । त्यसका लागि आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतलाई खटाइसकेको बताएको छ ।
आयोगले आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि भोलिदेखि नै निर्वाचनका लागि प्रक्रिया अघि बढाउने छ । निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार दोस्रो चरणमा चुनाव हुने स्थानीय तहमा जेठ १९ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३