नेपाल र आरबीआईका गभर्नरबीच अमेरिकामा भेटवार्ता

भक्तपुर न्यूज

२७ असोज २०७९ ११:५४

नेपाल र आरबीआईका गभर्नरबीच अमेरिकामा भेटवार्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय रिभर्ज बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासबीच भेटवार्ता भएको छ । अमेरिकामा भइरहेको अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रममा भाग लिन अमेरिका पुगेका गभर्नर अधिकारी र भारतीय केन्द्रीय बैंकका गभर्नरबीच छलफल भएको हो ।

भेटका क्रममा क्षेत्रीय अर्थतन्त्र, मौद्रिक विषय, डिजिटलाइजेसन, भुक्तानी प्रणाली व्यवस्थापन, सीमा व्यापार, रेमिट्यानस लगायतका विषयमा छलफल भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मितिः २०७९ असोज २७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय