पशुपति मन्दिरमा भक्तजनले चढाएका सामग्री बेच्न बिक्री कक्ष सञ्चालन

भक्तपुर न्यूज

२७ असोज २०७९ ८:२७

पशुपति मन्दिरमा भक्तजनले चढाएका सामग्री बेच्न बिक्री कक्ष सञ्चालन

काठमाडौं । भक्तजनले पशुपतिनाथ मन्दिरमा चढाएका सामग्री किन्न चाहनेहरुले अब बिक्री कक्षबाट किन्न सक्ने भएका छन् । पशुपति क्षेत्र विकास कोषले कोजाग्रत पूर्णिमाका दिनबाट यस्तो कक्ष सञ्चालनमा ल्याएको हो ।

२०७२ सालको भूकम्पपछि बिक्री कक्ष बन्द भएको थियो । कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बिक्री कक्षको उद्घाटन गरेका छन् ।

भगवानमा अर्पण गरिएका सामग्रीलाई प्रसादका रुपमा प्रयोग गर्न र उचित रुपमा प्रयोग गर्न सहुलियत मूल्यमा बिक्रीको व्यवस्था मिलाइएको कोषले जनाएको छ । बिक्री कक्ष मन्दिरको पश्चिम गेटको दक्षिण तर्फ रहेको पुरानो सप्तमी सत्तलसँगै रहेको छ ।

बिक्री कक्ष बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म खुला हुने भएको छ । बिक्रि कक्षमा कोषले प्रकाशन गरेका पुस्तक समेत राखिएको छ ।

प्रकाशित मितिः २०७९ असोज २७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय