सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

भक्तपुर न्यूज

२७ असोज २०७९ ०:२०

सलाहको कीर्तिमानी ह्याट्रिकमा लिभरपुलको फराकिलो जित

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति लिभरपुलले रेन्जर्सलाई ७-१ गोल अन्तरले हराएको हो । मोहमद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरेपछि लिभरपुलले पुनरागमन गर्दै फराकिलो जित निकालेको हो ।

खेलको १७ औं मिनेटमा स्कट एरिफिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २४ औं मिनेटमा रोबर्टो फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

Image

५५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । ६६ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दा लिभरपुल ३-१ ले अघि रह्यो ।

खेलको ७६,८० र ८१ औं मिनेटमा गोल गर्दै सलाहले ह्याट्रिक पूरा गरे । उनी च्याम्पियन्स लिग फुटबलमा सर्वाधिक चाँडो ह्याट्रिक पूरा गर्ने खेलाडी बने ।

सलाहको ह्याट्रिकसँगै लिभरपुल ६-१ ले अघि रह्यो । त्यसपछि खेलको ८७ औं मिनेटमा हार्भे इलिओटले गोल गर्दै लिभरपुललाई ७-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले ४ खेलमा ९ अंक जोडेको छ । समूह ए को लिभरपुल दोस्रो स्थानमा रहेको छ । रेन्जर्स अंक विहीन रहदै पुछारमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७९ असोज २६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय