रेस्लर जुरेलीलाई भारतमा उपाधि

भक्तपुर न्यूज

२५ असोज २०७९ १:१०

रेस्लर जुरेलीलाई भारतमा उपाधि

काठमाडौं । नेपालकी रेस्लर अस्मिता जुरेलीले भारतमा आयोजना भएको ‘रेस्लिङ युनिक वार’ मा वुमन च्याम्पियनसिप म्याचको उपाधि जितेकी छिन् ।

जयपुरको इन्डोर स्टेडियममा भएको खेलमा भारतीय सुपरस्टार रेस्लर द किरालाई हराउँदै जुरेलीले उपाधि हात पारेकी हुन् ।

भारतको पहिलो प्रो रेस्लिङ कम्पनी एफएफ डब्लूले आयोजना गरेको प्रतियोगिता हेर्न उपस्थित भारतका चर्चित नायक शाहील खानले विजेतालाई बधाई दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय