मेस्सीले बेन्फिकाविरुद्धको खेल गुमाउने

भक्तपुर न्यूज

२५ असोज २०७९ १:०४

मेस्सीले बेन्फिकाविरुद्धको खेल गुमाउने

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड लियोनल मेस्सीले पोर्चुगिज क्लब बेन्फिकाविरुद्धको खेल गुमाउने भएका छन् ।

अर्जेन्टिनी फरवार्ड मेस्सीले काल्फ इन्जुरीको कारण बेन्फिकाविरुद्धको खेल गुमाउने भएका हुन् ।

पीएसजीले च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत मंगलबार राति बेन्फिकासँग खेल्ने तालिका रहेको छ ।

३५ वर्षीय मेस्सीले लिग वान अन्तर्गत रिम्सविरुद्धको खेल समेत गुमाएका थिए ।

च्याम्पियन्स लिगको समूह एचमा रहेको पीएसजी शीर्ष स्थानमा रहेको छ ।

पीएसजीले ७ अंक जोडेको छ । एजेन्सी

प्रकाशित मितिः २०७९ असोज २५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय